वीरगन्ज :

बाराको समिति भंग गरेर नयाँ नेतृत्व चयन गर्न रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि

श्रेणी : मधेस

14 hours
Pradeep Sah
1.7kViews
1026 Shares

बारा,०६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको तदर्थ समिति भंग गरेर नयाँ समिति बनाउन जिम्मेवारी तोकेको छ ।

बाराको पार्टी संगठन भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट नेता खटाइएको छ । सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई बाराको नयाँ समिति बनाउन जिम्मेवारी दिइएको छ ।

संगठन विभागका उप प्रमुख बोधनारायण श्रेष्ठले उक्त संगठनका सदस्य समेत रहेका तिमल्सेनालाई बाराको वडा देखि जिल्ला तहसम्मको अधिवेशन गराउन जिम्मेवारी दिएका हुन् । जेठ ९ गते जिल्लाको विस्तारित बैठक डाकेर नयाँ समिति बनाउन प्रक्रिया सुरु हुने तिमल्सेनाले जानकारी गराए ।

बाराको पार्टी संगठनमा विवाद भएपछि पार्टीले भंग गरेको थियो । बारा जिल्ला संगठन निर्माण विशेष समितिको संयोजक कामिनी चौधरीले सदस्यता वितरण बाहेक सबै कार्य रोक्न निर्देशन दिएकी थिइन् । बारामा देखिएको संगठनको समस्यामा छलफल गर्न विस्तारित बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *