वीरगन्ज :

बालिकालाई जवरजस्ती गरेको आरोपमा युवा पक्राउ

श्रेणी : अपराध

1 hour
Pradeep Sah
1.6kViews
1250 Shares

काठमाडाै,०५ जेठ । स्याङ्जामा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ बर्षीय सन्दिप विक पक्राउ परेका छन् । हरिनास गाउँपालिका–६ का विकले गएको शुक्रवार रातको करिब ११ बजे ती बालिकालाई जवरजस्ती गरेको आरोप छ ।

आफन्तका सूचनाका आधारमा प्रहरीले शनिवार आरोपित विकलाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए । स्याङ्जा जिल्ला अदालतले आइतवार ५ दिनको म्याद थपगरी थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

पक्राउ परेका विकलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जबरजस्ती करणीको सूचना प्रहरीमा पुगेपछि प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो । विक सोही स्थानका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *