वीरगन्ज :

बीरगन्जमा स्व. रामजन्म तिवारीको २७औँ स्मृति दिवस मनाइयो, विभिन्न व्यक्तित्वको सहभागिता

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.7kViews
1104 Shares

वीरगन्ज,२९ वैशाख । मधेशवादी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय रामजन्म तिवारी को २७औँ स्मृति दिवस वीरगन्जमा विभिन्न राजनीतिक, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको सहभागितामा मनाइएको छ। घण्टाघरस्थित स्व. तिवारीको सालिक परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले माल्यार्पण तथा पुष्प अर्पण गर्दै मधेशी समुदायको अधिकार, पहिचान र सम्मानका लागि उनले गरेको योगदानको स्मरण गरेका थिए।

कार्यक्रमको अध्यक्षता भाग्यनाथ गुप्ता ले गरेका थिए। कार्यक्रममा मधेश आन्दोलनसँग जोडिएका विभिन्न व्यक्तित्व, कानुन व्यवसायी, सामाजिक अगुवा, परिवारजन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र कुर्मी ले स्व. तिवारीलाई मधेशी समुदायको हक–अधिकारका लागि संघर्ष गर्ने अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरे। उनले २००७ सालको आन्दोलनदेखि पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष र २०४६ सालको जनआन्दोलनसम्म स्व. तिवारीले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

उनले मधेशी मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न नेपाल सद्भावना पार्टी गठन र विस्तारमा स्व. तिवारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष प्रो. गुप्ताले पनि स्व. तिवारीले मधेशको पहिचान, भाषा, संस्कृति र अधिकारका लागि जीवनभर संघर्ष गरेको बताए। उनले मधेशी समुदायमाथि भएका विभेदविरुद्ध आवाज उठाउने प्रारम्भिक नेतामध्ये स्व. तिवारी प्रमुख रहेको धारणा राखे। कार्यक्रममा स्वागत मन्तव्य आशुतोष तिवारी ले दिएका थिए भने सञ्चालन सञ्चारकर्मी लालबाबु सिंह ले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *