वीरगन्ज :

करैयामाई गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि जनसुझाव माग्यो, विकास योजना तयारी सुरु

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
3.0kViews
1714 Shares

वीरगन्ज,२९ वैशाख । बारा जिल्लाको करैयामाई गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तयारीका लागि सरोकारवालासँग सुझाव आह्वान गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्थानीयवासी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था तथा नीति तथा कार्यक्रमसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै पक्षलाई राय–सुझाव पेश गर्न आग्रह गरेको हो।

सूचनाअनुसार आगामी आर्थिक वर्षका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम समेट्न सम्बन्धित क्षेत्रका सुझाव आगामी जेठ १५ गतेभित्र उपलब्ध गराउन भनिएको छ। सुझाव गाउँपालिकाको इमेल वा पत्रमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।

गाउँपालिकाले सहभागितामूलक योजना निर्माणलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ। स्थानीय आवश्यकता र प्राथमिकतालाई समेटेर नीति तथा कार्यक्रम तयार पार्ने उद्देश्यले सुझाव संकलन प्रक्रिया अघि बढाइएको जनाइएको छ। उक्त सूचना नागेन्द्र यादव द्वारा जारी गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *