वीरगन्ज :

सर्लाहीमा सडेको अवस्थामा अज्ञात पुरुषको शव फेला

श्रेणी : BANNER

9 hours
Pradeep Sah
1.9kViews
1350 Shares

सर्लाही,२८ वैशाख । सर्लाहीको गोडैता नगरपालिका क्षेत्रमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको हो। स्थानीयवासीले दुर्गन्ध फैलिएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीले करिब ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव अत्यधिक सडेको अवस्थामा फेला परेको जनाएको छ। शवको अवस्था बिग्रिएकाले मृतकको पहिचान तत्काल खुल्न सकेको छैन।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *