वीरगन्ज :

लक्ष्मणवामा विपन्न परिवारको छोरीको छेकामा कानु युथद्वारा कपडा–लत्ता सहयोग

श्रेणी : BANNER

2 hours
Pradeep Sah
3.0kViews
1605 Shares

वीरगञ्ज । लक्ष्मणवा क्षेत्रका आर्थिक रूपमा कमजोर एक परिवारकी छोरीको छेका कार्यक्रमलाई सहज बनाउन कानु युथले कपडा–लत्ता सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगले विपन्न परिवारलाई राहत पुगेको स्थानीयले बताएका छन्।
छोरीको छेका जस्तो पारिवारिक अवसरमा आर्थिक अभावका कारण समस्या झेलिरहेको परिवारलाई युवाहरूको पहलमा आवश्यक सामग्री उपलब्ध गराइएको जनाइएको छ। सहयोग अभियानमा समुदायका विभिन्न युवाहरू, समाजसेवी तथा शुभेच्छुकहरूको साथ रहेको थियो।
यस अभियानमा रामरुप साह कानु, दिपु साह कानु, मनोज साह, धिरज साह कानु, राज कुमार कानु, अर्जुन साह कानु, सर्फु साह कानु, रामबाबु साह कानु, निरन्जन कुमार साह, राहुल गुप्ता, सन्जित कुमार साह, जयशंकर गुप्ता, बाल्मिकी साह कानु, शिव बालक साह, घनश्याम प्रसाद, सन्तोष कुमार साह, किशोरी साह कानु, धर्मेन्द्र साह कानु, दिपु गुप्ता, अरबिन्द गुप्ता, अमित राज साह, कन्हैया लाल गुप्ता लगायतले सहयोग पुर्‍याएका थिए।


कार्यक्रमलाई सफल बनाउन कानु युथका सन्तोष साह कानु, मनोज साह कानु, देवेन्द्र साह कानु, धिरज साह कानु र दिपु साह कानुले विशेष सक्रियता देखाएका थिए।
स्थानीयवासीहरूले समाजमा सहयोग, एकता र मानवीय भावना फैलाउने यस्तो कार्य उदाहरणीय भएको प्रतिक्रिया दिएका छन्। आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने आवाज उठेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *