वीरगन्ज :

मधेस प्रदेशमा आज राति तीव्र हावाहुरीको सम्भावना

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.7kViews
1334 Shares

काठमाडौं,२२ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) राति मधेस प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा राति हावाहुरीको असर बढी देखिन सक्नेछ। यसैगरी दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरी चल्न सक्ने प्रक्षेपण गरिएको छ।

मौसममा अचानक परिवर्तन हुने सम्भावना रहेकाले हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

महाशाखाले विशेषगरी खुला ठाउँमा सावधानी अपनाउन, कमजोर संरचना सुरक्षित गर्न र अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *