वीरगन्ज :

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.9kViews
1828 Shares

काठमाडौं,१५ वैशाख । देशभर आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेबाट शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको हो।

यसअघि वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आएको भए पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयहरूले भर्ना लिने प्रवृत्ति रोक्न र व्यवस्थापन सहज बनाउन मिति परिवर्तन गरिएको हो। तर कतिपय स्थानीय तहमा भने वैशाख १५ अगावै विद्यार्थी भर्ना भइसकेको पाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले कानुनविपरीत लिइएको भर्ना तथा अतिरिक्त शुल्क फिर्ता गराउन निर्देशन दिइसकेको छ। संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड, २०७२ भन्दा बाहिरका शुल्क असुलिएको पाइएमा कारबाही प्रक्रिया अघि बढाउन स्थानीय तहलाई आग्रह गरिएको छ।

यसैबीच सर्वोच्च अदालत ले पनि वार्षिक परीक्षाको नतिजा प्रकाशन, आवश्यक प्रमाणपत्र वितरण र शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना प्रक्रिया सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकाल को इजलासले कानुनअनुसार प्रक्रिया पालना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

अदालतले परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्नेमा जोड दिँदै १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।

यसअघि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र ले पनि वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *