वीरगन्ज :

पर्सा जिल्लाकै ऐतिहासिक धरोहर पारसनाथ पोखरी अतिक्रमणमुक्त

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.4kViews
1069 Shares

वीरगंज, १३ बैशाख । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गुठीको अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहराहरू आइतबार डोजर प्रयोग गरी हटाइएको छ । महुवनस्थित पारसनाथ मन्दिरसँग सम्बन्धित करिब ६ विघा गुठी जग्गा ७ वटा डोजर परिचालन गरेर खाली गराइएको गुठी संस्थान वीरगंजले जनाएको छ।

गुठी संस्थानले यसअघि वैशाख १० गते सूचना जारी गर्दै श्री पारसनाथ महादेव महुवन मठ गुठीअन्तर्गत पर्ने साविक महुवन वडा नं. ५ को किता नं. २७६ मा रहेको पोखरी डिलसहितको ५ विघा १७ धुर क्षेत्रफलमा अनधिकृत रूपमा घर, टहरा लगायतका संरचना निर्माण गरी अतिक्रमण गरिएको उल्लेख गर्दै स्वेच्छाले हटाउन आग्रह गरेको थियो।

तर अतिक्रमणकारीहरूले संरचना नहटाएपछि आइतबार डोजर लगाएर खाली गराइएको गुठी संस्थान वीरगंजकी प्रमुख उर्मिला अर्चायले जानकारी दिइन्। लामो प्रयासपछि पर्सा जिल्लाकै ऐतिहासिक धरोहरका रूपमा रहेको पारसनाथ पोखरी क्षेत्रलाई अतिक्रमणमुक्त गराउन सफल भएको उनले बताइन्।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार गुठीको जग्गामा निर्माण गरिएका ३०० भन्दा बढी घर तथा टहराहरू हटाइएको छ। महुवनस्थित पारसनाथ मठको ५ विघा १७ धुर क्षेत्रफलमा फैलिएको अतिक्रमण आइतबार डोजरमार्फत हटाइएको उनले बताए।

अतिक्रमण हटाउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो । करिब ३०० जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । लामो समयदेखि उक्त क्षेत्रमा केही परिवारले घर निर्माण गरी बसोबास गर्दै आएका थिए । केहीले बल प्रयाेग गरे लामाे समयदेखि बसाेबास गर्दै आएकाे घर डाेजरले भत्काइएकाे भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *