वीरगन्ज :

थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मीको व्यापक परिचालन—स्थानीयमा त्रास र अन्योल बढ्दै, बस्ती खाली गर्ने तयारी तीव्र

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.6kViews
1698 Shares

काठमाडौं – काठमाडौं महानगरपालिका र सुरक्षा निकायले थापाथली, सिनामंगलको गैरीगाउँ तथा मनोहरा क्षेत्रमा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउने तयारी तीव्र पारेका छन्।

सोही क्रममा शनिबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती क्षेत्रमा ठूलो संख्यामा प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।

बस्ती खाली गराउन दिइएको चेतावनी र भारी सुरक्षा उपस्थिति देखेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। शनिबार बिहानैदेखि धेरैजसो स्थानीयहरू आफ्ना सरसामान पोको पार्न र सुरक्षित स्थानमा सार्न व्यस्त देखिएका छन्।

केही परिवारले शुक्रबार नै आफ्ना सामान स्थानान्तरण गरिसकेका छन् भने विकल्प नभएका र आर्थिक रूपमा कमजोर परिवारहरू अझै पनि अन्योलमा बस्तीमै बसिरहेका छन्।

यसैबीच, सुकुम्बासी बस्तीका अगुवा तथा स्थानीयहरूले सरकार र महानगरको यो कदमप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले सुकुम्बासी समस्या समाधानका लागि राज्यले तय गरेको स्थापित कानुनी प्रक्रिया र सुकुम्बासी आयोगको कार्यविधि उल्लंघन गर्दै जवरजस्ती हटाउन खोजिएको आरोप लगाएका छन्।

उचित विकल्प र व्यवस्थापनबिना आफूहरूलाई विस्थापित गर्न लागिएको भन्दै उनीहरूले विरोध समेत जनाएका छन्। साभार: deshsamachar.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *