वीरगन्ज :

राजधानीमा उत्रिए प्रदर्शनकारी, मन्त्रीहरूको सम्पत्ति विवरणमाथि प्रश्न

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.8kViews
1130 Shares

काठमाडौं,३० चैत  । सरकारका मन्त्रीहरूको हालै सार्वजनिक सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी ले मन्त्रीहरूको सम्पत्तिको वैधानिक स्रोत खुलाउन माग गर्दै सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरेको हो।

माइतीघर मण्डलामा प्लेकार्डसहित उत्रिएका प्रदर्शनकारीहरूले मन्त्रीहरूको जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच ठूलो अन्तर रहेको दाबी गरेका छन्। उनीहरूले सम्पत्तिको वास्तविक स्रोतबारे छानबिन हुनुपर्ने मागसमेत राखेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले “सम्पत्ति देखियो, स्रोत कहाँ गयो?”, “मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार” र “सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री” जस्ता नारासहित विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले सम्पत्ति विवरण मात्र नभई त्यसको पारदर्शी स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *