वीरगन्ज :

नयाँ वर्षमा वीरगन्जमा धार्मिक उत्साह, ‘हनुमान आराधना तथा महाआरती’ भव्य रूपमा हुने

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1429 Shares

वीरगन्ज,३० चैत । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवामा नयाँ वर्ष २०८३ को पहिलो दिन विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। ‘श्री हनुमान आराधना तथा महाआरती’ नाम दिइएको यो कार्यक्रम भक्तजनका लागि आध्यात्मिक उत्सवको रूपमा मनाइनेछ।

यो कार्यक्रम श्री नगवा दुर्गा पूजा समिति को आयोजनामा हुन लागेको हो। हालै सम्पन्न गरिएको ‘श्री १०८ सप्ताह हनुमान चालीसा पाठ’ को सफल समापनको उपलक्ष्यमा यो विशेष अनुष्ठान आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियार ले कार्यक्रमको तयारी पूरा भइसकेको बताए। उनका अनुसार, कार्यक्रम नगवास्थित प्रसिद्ध श्री बैधि माई मन्दिर परिसरमा सम्पन्न हुनेछ।

कार्यक्रमको तालिका अनुसार, वैशाख १ गते बिहानैदेखि साँझ ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन गरिनेछ। त्यसपछि साँझ ६:३० बजे भव्य महाआरती सुरु हुनेछ। आरतीपछि सहभागी भक्तजनहरूका लागि प्रसाद वितरणको व्यवस्था समेत गरिएको छ।

आयोजकले सम्पूर्ण वीरगञ्जवासी तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको सुरुवात धार्मिक भावना र सकारात्मक ऊर्जाका साथ गर्न आग्रह गरेका छन्। उनका अनुसार, यस्तो आध्यात्मिक कार्यक्रमले समाजमा एकता, शान्ति र धार्मिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *