वीरगन्ज :

१९ किलो गाँजासहित युवक पक्राउ

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.6kViews
1397 Shares

सिरहा,२९ चैत । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ का राजेश दास रहेका छन्। गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक (सई) यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनापछि सुखिपुर क्षेत्रबाट चेकजाँच गर्दा मोटरसाइकलमा सवार दासको साथबाट १९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिए।

प्रहरीका अनुसार घटनास्थलबाट अटो रिक्सा, बिग्रिएको मोटरसाइकल, नगद रु २५ हजार १०५, रेडमी ए–फाइभ मोबाइल र करिब ११ तोला चाँदीको ब्रासलेट समेत बरामद गरिएको छ।

पक्राउ परेका दासलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *