वीरगन्ज :

नदीमा पौडी खेल्न गएका युवकको शव अन्ततः भेटियो

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.9kViews
1465 Shares

जनकपुर,२९ चैत । धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमला खोलामा पौडी खेल्ने क्रममा हराएका जनकपुरधाम उपमहानगरपालिका–६ निवासी १८ वर्षीय महमद आयन कमडको शव आइतबार बिहान भेटिएको हो।

चैत्र २८ गते खोलामा डुबेर बेपत्ता भएका उनलाई खोज्न सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट टोली खटिएको थियो। प्रारम्भिक खोजीबाट फेला नपरेपछि गोताखोर टोली परिचालन गरिएको थियो।

गोताखोर टोलीले घटनास्थलबाट करिब ४० मिटर तल, झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *