वीरगन्ज :

वीरगञ्जमा कावेरी एकेडेमीमा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.4kViews
1074 Shares

वीरगञ्ज, २९ चैत । वीरगञ्जस्थित नेपाल कावेरी एकेडेमीले यूकेजी तहका विद्यार्थीहरूको दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। बालबालिकाको प्रारम्भिक शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई आगामी शैक्षिक यात्रातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
समारोहमा विद्यालयका निर्देशक श्याम तुल्स्यान प्रमुख अतिथिका रूपमा सहभागी भई विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। उनले दीक्षित बालबालिकाहरूलाई आगामी दिनमा थप मेहनत गर्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरे। कार्यक्रममा निर्देशक आयुषी तुल्स्यानको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा साना विद्यार्थीहरूले आत्मविश्वासका साथ स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा देखाउँदै उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए।
विद्यालयका प्रिन्सिपल दिलीप गुप्ता, उप-प्रिन्सिपल प्रफुल सर्राफ तथा संयोजक सलोनी रौनियारको सक्रिय समन्वयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
समारोहमा अभिभावकहरूले विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। साथै, नयाँ शैक्षिक नीति, शिक्षण रणनीति तथा प्रि-प्राइमरी तहबाट प्राइमरी तहमा विद्यार्थी रूपान्तरणका विषयमा समेत छलफल गरिएको थियो।
विद्यालय प्रशासनका अनुसार, उक्त कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै आत्मविश्वास र समग्र व्यक्तित्व विकासलाई समेत प्रोत्साहन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *