वीरगन्ज :

पर्सा क्षेत्र नं. २ का सांसद कानुलाई वीरगंज रिपोर्ट टिमद्वारा बधाई तथा सम्मान

श्रेणी : BANNER

6 hours
Pradeep Sah
3.1kViews
1877 Shares

वीरगंज (पर्सा), २६ चैत । पर्सा क्षेत्र नं. २ का सांसद सुशिल साह कानुलाई बधाई तथा सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ निर्वाचित भएका सांसद कानुलाई वीरगंजबाट संचालित वीरगंज रिपोर्ट डटकम परिवारको तर्फबाट बधाई सहित सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको हो ।

वीरगंज रिपोर्टका संचालक प्रदीप यादव सहित संवाददाता अनुज गुप्ता, रोहित वर्णवाल सहितको टोली सांसद कानुलाई घडिअर्वा पोखरी स्थित पार्टी कार्यालयमा पुगेर बधाई दिदैँ मायाको चिनो प्रदान गरेका थिए । सांसद कानु तत्कालीन वीरगंज महानगरपालिकाको वडा नं. १० को तत्कालीन वडाध्यक्ष समेत रहेका कानुले वडास्तरमा जनतालाई चित्त बुझ्‌दो विकास निर्माणका कार्यहरु गरेकै कारण जनताहरुले उनलाई सांसद पदमा निर्वाचित गरेका हुन् ।

सो क्रममा सांसद कानुले वडाध्यक्ष रहँदाको बखत जनताको सुख दुःखमा दैव सेवा गर्न तत्पर रहेको स्मरण गराउँदै अब पर्सा क्षेत्र नं. २ का जनताको हितका लागि जनतामुखी काम गर्ने विश्वास व्यक्त गरेका थिए । यस क्षेत्रका जनताहरुको समस्यालाई संसदसम्म उठान गरि दीर्घकालीन समाधानको उपायतर्फ आफू सदैव अग्रसर रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *