वीरगन्ज :

विद्यालयलाई कडा निर्देशन: शिक्षा मन्त्रालयले दोहोर्‍याएर भर्ना शुल्क नलिन चेतावनी

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.7kViews
1207 Shares

काठमाडौं,२४ चैत ।  शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरूलाई एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क नलिन कडा निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट एक पटक मात्र भर्ना शुल्क लिन पाइनेछ। साथै, शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न पनि स्पष्ट रूपमा आग्रह गरिएको छ।

उपसचिव कृष्णचन्द्र पोख्रेलको हस्ताक्षरमा जारी पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराउँदै ७५३ वटै स्थानीय तहलाई प्रभावकारी अनुगमन गर्न अनुरोध गरिएको छ।

मन्त्रालयका अनुसार केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना गर्ने, अग्रिम शुल्क असुल्ने तथा स्वीकृत बाहेकका शीर्षकमा अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

शिक्षा नियमावली २०५९ को प्रावधान उद्धृत गर्दै मन्त्रालयले शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने व्यवस्था स्मरण गराएको छ। साथै, सर्वोच्च अदालतको आदेशअनुसार नियमविपरीत असुल गरिएको अग्रिम शुल्क सम्बन्धित विद्यार्थी वा अभिभावकलाई फिर्ता गर्नुपर्ने पनि स्पष्ट पारिएको छ।

निर्देशनको उल्लंघन गर्ने विद्यालयमाथि स्थानीय तहमार्फत कानुनअनुसार कडा कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *