वीरगन्ज :

मधेश प्रदेश प्रशासन सक्रिय: ३४ बिचौलिया पक्राउ, ठगी र अनियमितताको पर्दाफास

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.6kViews
1547 Shares

जनकपुर,२४ चैत । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय रहेका ३४ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बसपार्क तथा ट्रायल सेन्टरलगायतका स्थानमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार सर्लाहीमा मालपोत कार्यालय र ट्रायल सेन्टरबाट ९ जना, पर्सामा वीरगन्जस्थित नारायणी यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट ७ जना, रौतहटमा मालपोत कार्यालय, अदालत र बसपार्क क्षेत्रबाट ६ जना पक्राउ परेका छन्।

त्यसैगरी सप्तरीबाट ११ जना र सिरहाबाट १ जना गरी थप व्यक्तिहरू पक्राउ परेका छन्।

पक्राउ परेकाहरू सरकारी सेवा छिटो गराइदिने भन्दै सेवाग्राहीसँग अवैध रकम असुली गर्ने गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *