वीरगन्ज :

सांसद साहद्वारा पत्राचार: हुलाकी राजमार्ग मुआब्जामा पारदर्शिता र जिम्मेवारी सुनिश्चितको माग

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.7kViews
1669 Shares

बीरगन्ज,२४ चैत । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ई. अरविन्द साहले हुलाकी राजमार्ग निर्माणका क्रममा वितरण गरिएको मुआब्जाबारे विस्तृत विवरण माग गरेका छन्।

सांसद साहले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म वितरण गरिएको मुआब्जाको तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेका हुन्। उनले मुआब्जा वितरण प्रक्रिया पारदर्शी बनाउन र वास्तविक पीडितले उचित क्षतिपूर्ति पाए–नपाएको अध्ययन गर्न यस्तो विवरण आवश्यक रहेको उल्लेख गरेका छन्।

पत्रमा मुआब्जा पाउने व्यक्तिको नाम, सम्पर्क विवरण, जग्गाको क्षेत्रफल, घरको प्रकार, सिफारिस गर्ने कर्मचारी, भुक्तानी रकम लगायत १४ बुँदामा आधारित जानकारी माग गरिएको छ। साथै नापी गर्ने अमिनदेखि भुक्तानी भएको मितिसम्मको स्पष्ट अभिलेख पनि उपलब्ध गराउन भनिएको छ।

सांसद साहले सबै विवरण तालिकाबद्ध रूपमा एक्सेल सिटमा तयार गरी आगामी चैत ३० गतेभित्र आफ्नो आधिकारिक इमेलमा पठाइदिन आग्रह गरेका छन्। उनको यो पहलले हुलाकी राजमार्ग परियोजनाअन्तर्गत मुआब्जा वितरणको यथार्थ अवस्था उजागर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *