वीरगन्ज :

सिरहामा प्रशासनिक संकट: मेयरद्वारा कर्मचारीमाथि कुटपिटपछि सेवा ठप्प

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.5kViews
1984 Shares

जनकपुर,२४ चैत । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध कारबाहीको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कार्यालय सहयोगीमाथि कुटपिट भएको घटनापछि कर्मचारीहरूले नगरपालिकाभित्रै धर्ना दिँदै विरोध जनाएका हुन्।

सोमबार बिहान करिब ९ बजे हाजिरी गरिरहेका ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौजसहित लात्ती र मुक्का प्रहार गरेको आरोप छ। घटनापछि घाइते कर्मचारी उपचाररत रहेका छन्।

कर्मचारीहरूले पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति, मेयरमाथि कानुनी कारबाही र कार्यस्थलमा सुरक्षित तथा सम्मानजनक वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकाज पूर्ण रूपमा प्रभावित बनेको छ। प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

कर्मचारीहरूले घटनालाई गम्भीर रूपमा लिएर तत्काल समाधान खोज्न सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *