वीरगन्ज :

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

श्रेणी : मधेस

2 days
Pradeep Sah
1.8kViews
1719 Shares

जनकपुर,२४ चैत । राष्ट्रिय मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालयले आर्थिक वर्ष २०८१/८२ सम्बन्धी वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।

जनकपुरधाममा आयोजित कार्यक्रममा कार्यालय प्रमुख बुद्धनारायण सहनी ले संविधानको व्यवस्था अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानवअधिकार संरक्षण राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए। उनले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए।

उक्त प्रतिवेदनमा मधेस प्रदेशको मानवअधिकार अवस्था, देखिएका चुनौतीहरू तथा सुधारका लागि आवश्यक सुझावहरू समेटिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *