वीरगन्ज :

अब सवारी लाइसेन्सका लागि कुर्नु पर्दैन महिनौँ: २४ घण्टामै नयाँ लाइसेन्स, पुराना असार मसान्तभित्रै छाप्ने सरकारको घोषणा

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.9kViews
1409 Shares

काठमाडौं,२४ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा हुँदै आएको ढिलासुस्ती अन्त्य गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। अब प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै नयाँ लाइसेन्स कार्ड छापिने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना का अनुसार यातायात व्यवस्था विभागबाट आवश्यक डाटा प्राप्त हुनेबित्तिकै सुरक्षण मुद्रण केन्द्रले एक दिनभित्रै कार्ड छपाइ गरेर विभागलाई उपलब्ध गराउनेछ। यससँगै नयाँ आवेदकहरूले लामो समय कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

त्यस्तै, लामो समयदेखि थन्किएका पुराना लाइसेन्स कार्ड पनि छिट्टै वितरण गर्ने योजना सरकारले अघि सारेको छ। करिब २१ लाख लाइसेन्स कार्ड असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।

यो व्यवस्थाले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै यातायात सम्बन्धी सेवामा देखिएको ढिलासुस्ती हटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *