वीरगन्ज :

ईभी बजारको गेम चेन्जर यमुना श्रेष्ठ

श्रेणी : समाचार

2 days
Rohit Kumar Barnawal
2.9kViews
1024 Shares

कर्मचारीबाट मालिकसम्म: यमुना श्रेष्ठले बीवाईडीलाई नेपालमा नम्बर १ ब्रान्ड बनाइन्

काठमाडौं।
एक दशकअघिसम्म साइमेक्स इन्कमा एक सामान्य कर्मचारीका रूपमा कार्यरत यमुना श्रेष्ठ अहिले सोही कम्पनीकी मालिक बनेकी छिन्। उनको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई नेपालको अटोमोबाइल क्षेत्रमा प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ।

साइमेक्स इन्क, जसले नेपालमा विश्वप्रसिद्ध चिनियाँ कम्पनी बीवाईडी (BYD) का विद्युतीय गाडी आयात तथा बिक्री गर्दै आएको छ, आज

देशको अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एक बन्न सफल भएको छ। यस सफलताका पछाडि यमुना श्रेष्ठको नेतृत्व, दूरदर्शिता र निरन्तर मेहनत मुख्य कारण मानिन्छ।

नेपालको अटोमोबाइल बजारमा लामो समयदेखि ठूला व्यावसायिक घरानाहरूको दबदबा रहँदै आएको अवस्थामा, कर्मचारीबाट मालिकसम्मको यात्रा तय गर्दै श्रेष्ठले नयाँ इतिहास रचेकी छिन्। उनले बीवाईडीलाई नेपालमा लोकप्रिय बनाउँदै विद्युतीय सवारीसाधनको प्रयोगलाई समेत व्यापक रूपमा प्रोत्साहन गरेकी छिन्।

उनको नेतृत्वमा साइमेक्स इन्कले बजारमा नयाँ प्रविधि, गुणस्तरीय सेवा र ग्राहककेन्द्रित रणनीति अवलम्बन गर्दै बीवाईडीलाई छोटो समयमै नम्बर १ ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको हो।

यमुना श्रेष्ठको यो उपलब्धिले न केवल महिला उद्यमशीलतालाई थप प्रेरणा दिएको छ, बल्कि नयाँ पुस्ताका लागि पनि ठूलो उदाहरण बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *