वीरगन्ज :

मलङ्गवाबाट ९ जना बिचौलिया पक्राउ, प्रशासनको कडा कारबाहीमा ठूलो सफलता

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.6kViews
1430 Shares

सर्लाही,२३ चैत । सेवाग्राहीसँग अतिरिक्त रकम असुली गरी सरकारी कामकाजमा प्रभाव पार्ने आरोपमा सर्लाही प्रहरीले मलङ्गवाबाट ९ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राई का अनुसार मलङ्गवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट ७ जना र मलङ्गवा–९ स्थित ट्रायल सेन्टरबाट २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा प्रमोदकुमार यादव, नन्दकिशोर यादव, नागेन्द्रकुमार यादव, रामविनय यादव, रञ्जनकुमार ठाकुर, प्रमोद साह र योगेन्द्र महतो रहेका छन्। यस्तै, ट्रायल सेन्टरबाट जयप्रकाश साह र रवि साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सेवाग्राहीसँग गैरकानुनी रूपमा अतिरिक्त रकम मागेको गुनासोपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *