वीरगन्ज :

विद्यार्थी र अभिभावकको अधिकार सुनिश्चित गर्न मनपरी शुल्क असुल्ने विद्यालयमाथि कारबाही

श्रेणी : BANNER

4 hours
Pradeep Sah
3.0kViews
1579 Shares

काठमाडौं,२३ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि भर्ना खोल्ने र मनपरी शुल्क असुल्ने विद्यालयविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र तोकिएको मापदण्डअनुसार मात्र शुल्क लिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार अवैध रूपमा असुल गरिएको भर्ना शुल्क अभिभावकलाई फिर्ता गराउनसमेत कानुनी प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, सर्वोच्च अदालत ले पनि शैक्षिक सत्र सुरु हुनुअघि शुल्क नउठाउन आदेश दिइसकेको छ।

आगामी वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने तयारी भइरहेका बेला सरकारले विद्यालयहरूलाई नियम पालना गर्न कडाइका साथ सचेत गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *