वीरगन्ज :

आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, नयाँ मूल्य अनुसार लिटरको लागत कति पर्छ?

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.9kViews
1560 Shares

काठमाडौँ,२० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।

निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।

प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *