वीरगन्ज,१८ चैत । जेन-जेड यूथ फोर्स पर्सा को जिल्ला स्तरीय बैठक मंगलबार वीरगञ्जमा सम्पन्न भएको छ। बैठकमा जिल्लाभरका विभिन्न वडा र स्थानीय तहबाट सयौँ युवाहरूको सहभागिता रहेको थियो।
बैठकमा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने तथा युवाहरूको व्यापक सहभागिता विस्तार गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले संगठनलाई टोलदेखि जिल्ला तहसम्म मजबुत बनाउने रणनीतिमा जोड दिएका थिए।
बैठकले छिट्टै टोल, वडा, पालिका, महानगरपालिका र जिल्ला स्तरमा समिति गठन गर्ने निर्णय गरेको छ। साथै, संगठनमा नयाँ युवाहरूलाई आबद्ध गर्ने, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सामाजिक कार्यहरूलाई तीव्रता दिने योजना पनि अघि सारिएको छ।
कार्यक्रममा सहभागी युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकहरूले आगामी दिनमा संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया