वीरगन्ज :

बीरगन्ज नाकाबाट २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुर्जा आयात

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
2.3kViews
1840 Shares

बीरगन्ज,१८ चैत । चालु आर्थिक वर्षको पहिलो सात महिनामा बीरगन्ज भन्सार नाका हुँदै सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात उल्लेखनीय रूपमा बढेको छ। सो अवधिमा कुल २३ अर्ब ५७ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा भित्रिएको तथ्यांक सार्वजनिक भएको छ।

बीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष सवारी आयात मूल्यमा ६ अर्ब ४२ करोड रुपैयाँले वृद्धि भएको हो। आयात वृद्धि सँगै राजस्व संकलनमा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आवको सात महिनामा मात्रै सवारीसाधन र पार्टपुर्जा आयातबाट १६ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठाइएको छ, जुन गत वर्षको १३ अर्ब २६ करोडभन्दा बढी हो।

यस अवधिमा इन्धनबाट चल्ने जिप, कार र भ्यानतर्फ ६०९ वटा सवारी आयात भई १ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यी सवारीबाट २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा ७४८ वटा सवारी आयात हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको थियो। यसले सवारी संख्यामा कमी आए पनि मूल्य र समग्र आयात रकममा वृद्धि भएको संकेत गर्छ।

भन्सार अधिकारीहरूका अनुसार महँगा सवारीसाधन र पार्टपुर्जाको आयात बढ्दै जाँदा कुल आयात मूल्य र राजस्वमा वृद्धि भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *