वीरगन्ज :

पर्सामा जेनजी यूथ फोर्सद्वारा भ्रष्टाचारविरुद्ध अभियान सुरु

श्रेणी : मधेस

13 hours
Pradeep Sah
2.5kViews
1847 Shares

बीरगन्ज,१८ चैत । जेनजी यूथ फोर्स पर्साले जिल्लाका विभिन्न पालिका र वडामा भइरहेको अनियमितता तथा भ्रष्टाचारको पर्दाफास गर्ने निर्णय गरेको छ। मंगलबार वीरगञ्जमा सम्पन्न जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

संगठनका अनुसार स्थानीय तहमा भइरहेको कथित चलखेल, अनियमितता र भ्रष्टाचारलाई अब नजिकबाट निगरानी गर्दै प्रमाणसहित सार्वजनिक गरिनेछ। जेनजी यूथ फोर्स पर्साका प्रतिनिधि विशेष साहले भ्रष्ट कर्मचारी र बिचौलियालाई कानुनी कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताए।

बैठकमा बोल्दै उनले “अब सहने समय सकिएको छ, पालिकालाई भ्रष्टाचारको अखडा बनाउन खोज्ने जो–कोहीलाई सार्वजनिक गरिन्छ,” भन्दै युवा शक्ति अब परिवर्तनका लागि सक्रिय रूपमा अघि बढ्ने चेतावनी दिए।

यससँगै संगठनलाई थप सशक्त बनाउने, युवा नेतृत्व विकासलाई प्राथमिकता दिने र जिल्लाभर युवाहरूको सहभागिता विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। छिट्टै टोल, वडा, पालिका तथा जिल्ला स्तरमा संगठन विस्तार गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *