वीरगन्ज :

मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रामाथि अनैतिक दबाब र धम्कीको आरोप

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.1kViews
1993 Shares

बीरगन्ज,१८ चैत । बीरगन्जस्थित मधेश विश्वविद्यालय मा कार्यरत एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दी लाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिँदै आएका थिए। उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने प्रलोभन देखाउने र अस्वीकार गरेमा अंक घटाउने तथा अनुत्तीर्ण गराउने धम्की दिने गरेका थिए।

सुरुमा सहयोगको बहानामा सम्पर्क बढाएका उनले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप छ। प्रस्ताव अस्वीकार गरेपछि पीडितको शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको दाबी गरिएको छ। सोही आधारमा पीडितले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन्।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेत ले आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। “आवश्यक प्रमाण संकलन गर्दै कानुनी प्रक्रिया अघि बढाइएको छ,” उनले भने।

घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य विद्यार्थी पनि यस्तै दुव्र्यवहारको सिकार भएको हुन सक्ने आशंका गरिएको छ। शैक्षिक संस्थाभित्रै यस्तो घटना बाहिरिएपछि विद्यार्थी सुरक्षाको विषयमा गम्भीर प्रश्न उठेको छ।

स्रोतका अनुसार पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत का भतिजा हुन्। यस कारण पनि घटनाले थप चर्चा पाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *