वीरगन्ज :

जनकपुरमा गृहमन्त्रीको एक्सन: डोजर चलाएर फुटपाथ बजार खाली

श्रेणी : मधेस

19 hours
Pradeep Sah
2.3kViews
1093 Shares

जनकपुर,१७ चैत । जनकपुरधाम को शिवचोकस्थित गंगासागर क्षेत्रको पश्चिमतर्फ रहेको फुटपाथ बजार डोजर लगाएर खाली गराइएको छ।

फकिरा महतो को नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर उक्त क्षेत्र खाली गराएको हो। वर्षौँदेखि अस्थायी संरचना राखेर सञ्चालन हुँदै आएको फुटपाथ बजारले गंगासागर क्षेत्रको सौन्दर्यमा असर परेको भन्दै हटाउने निर्णय गरिएको बताइएको छ।

आइतबार आंशिक रूपमा संरचना हटाइएपछि बाँकी व्यवसायीलाई सोमबार बिहान ११ बजेसम्मको अल्टिमेटम दिइएको थियो। तर अटेर गरेपछि सोमबार पुनः डोजर प्रयोग गरी बाँकी संरचनाहरू हटाइएको हो।

यता फुटपाथ व्यवसायीहरूले भने आफ्नो रोजीरोटी प्रभावित भएको भन्दै वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले साना व्यवसायीमाथि मात्र कारबाही नगरी सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ठूला भवन तथा होटेलमाथि पनि समान रूपमा कारबाही गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *