काठमाडौं,१७ चैत । निशा मेहता ले उपचाररत पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली को स्वास्थ्य उपचारमा कुनै पनि कमी नराख्न निर्देशन दिएकी छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत ओलीको अवस्थाबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पतालका निर्देशक सुवासप्रसाद आचार्य सँग टेलिफोनमार्फत सम्पर्क गरेकी थिइन्। उनले आवश्यक सबै परीक्षण तुरुन्त गर्न, विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गर्न र बिरामीलाई निरन्तर निगरानीमा राख्न निर्देशन दिएकी हुन्।
मन्त्रीको निर्देशनपछि अस्पतालले कार्डियोलोजी, नेफ्रोलोजी, मेडिसिन, जनरल सर्जरी तथा प्रयोगशाला विभागका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय टोली गठन गरेको जनाएको छ। उक्त टोलीले विस्तृत स्वास्थ्य परीक्षण तथा मूल्यांकन प्रक्रिया अघि बढाएको छ।
साथै, ओलीको स्वास्थ्य अवस्थाबारे समग्र विवरण तयार पार्ने काम पनि सुरु गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया