वीरगन्ज :

बालश्रम शोषण आरोपमा सांसद रेखा शर्मा पक्राउ

श्रेणी : BANNER

4 hours
Pradeep Sah
1.9kViews
1013 Shares

काठमाडौं,१६ चैत । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। आइतबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि नाबालिकालाई घरेलु काममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप लागेको छ। उक्त विषय केही वर्षअघि काठमाडौं महानगरपालिकाले एक बालिकाको उद्धार गरेपछि सार्वजनिक रूपमा चर्चामा आएको थियो।

प्रहरीका अनुसार सांसद शर्माविरुद्ध बालबालिका सम्बन्धी ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ।

यस घटनाले बालअधिकार, कानुनी उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकाबारे पुनः बहस सुरु गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *