बीरगन्ज,१५ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्साले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ।
आइतबार पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरिएको छ। अध्यक्ष शर्माले सरकारको कदम पूर्वाग्रही भएको आरोप लगाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग समेत गरेका छन्।
कार्यक्रममा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, तथा अन्य नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। ज्ञापन पत्र बुझाउनु अघि वीरगञ्जमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो।

प्रतिक्रिया