वीरगन्ज :

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

श्रेणी : BANNER

20 hours
Pradeep Sah
2.2kViews
1918 Shares

काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलोपटक हो। साथै, मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलोपटक भएको बताइएको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसदमा प्रवेश गरेसँगै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेका थिए।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन्।

यसैगरी, सुनिल लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। खड्कराज पौडेल (गनेश) पर्यटनमन्त्री बनेका छन् भने सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेकी छन् भने विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन्। सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, श्रम मन्त्रालयमा दीपक साह (महोत्तरी), कानुन मन्त्रालयमा सोविता गौतम तथा महिला, बालबालिका मन्त्रालयमा सीता वादी नियुक्त भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *