वीरगन्ज :

पोखरिया नगरपालिकामा अख्तियारको आकस्मिक छापा

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.3kViews
1972 Shares

बीरगन्ज,१० चैत । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गर्दै अनियमिततासम्बन्धी छानबिन थालेको छ।

हेटौँडास्थित आयोग कार्यालयबाट खटिएको टोलीले मंगलबार नगरपालिकामा पुगेर उजुरीका आधारमा छापा मारेको हो।

छापामारीका क्रममा अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो। स्रोतका अनुसार शाखामा अधिकांश कागजात बिल भुक्तानीसम्बन्धी मात्रै भेटिएको छ भने अभिलेखित हुनुपर्ने अन्य सामग्री कार्यालयमा नभई मेयर र केही कर्मचारीका घरमा फेला परेको बताइएको छ।

यस घटनाले नगरपालिकाभित्र वित्तीय अनियमितता र सामग्री दुरुपयोग भएको आशंका बलियो बनेको छ।

अख्तियारले आवश्यक कागजातहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यसबीच, स्थानीय तहको वित्तीय व्यवस्थापन, अभिलेखन प्रणाली र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय प्रशासन र नागरिकहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *