वीरगन्ज :

बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु

श्रेणी : मधेस

4 hours
Pradeep Sah
1.6kViews
1974 Shares

रौतहट,१० चैत । रौतहटको चन्द्रपुर–१ नुनथरस्थित बाग्मती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

मृतक सर्लाहीको बाग्मती नगरपालिका–४ नयाँबस्तीका ४० वर्षीय कामी सिंह स्याङतान रहेका छन्। उनी मंगलबार माछा मार्न नदीमा गएका बेला डुबेर बेपत्ता भएका थिए।

प्रहरीका अनुसार स्याङतान डुबेको देखेपछि उनका भतिजा कान्छा लामाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी रुपा लाबुङको नेतृत्वमा गएको टोली, नेपाली सेना तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा मंगलबार बिहान स्याङतानको शव नुनथरस्थित झोलुङे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बाग्मती नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *