वीरगन्ज :

पर्सामा पारिवारिक विवादले लियो ज्यान, बुहारीसहित दुई जना पक्राउ

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.2kViews
1246 Shares

बीरगन्ज,०९ चैत । जिराभवानी गाउँपालिका–१ पिपरा टोलमा कुटपिटका कारण एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मृतक सायदा श्रीवास्तव (५५) को आफ्नै बुहारीले कुटपिट गर्दा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा मृतककी बुहारी पिंकी देवी (२६) र उनकी आफन्त गायत्री कुमारी (१६) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार मृतक र बुहारीबीच लामो समयदेखि पारिवारिक विवाद रहँदै आएको थियो, जसकै कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *