वीरगन्ज :

करेन्ट लागेर वृद्धाको मृत्यु

श्रेणी : मधेस

19 hours
Pradeep Sah
2.0kViews
1633 Shares

रौतहट,०९ चैत । रौतहटको गुजरा(१ स्थित मनहर्वा घर भएकी एक वृद्धाको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।

८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । चन्द्रपुर–८ बसन्तपुरस्थित ज्वाइँ लाल बिहारी चौधरीको घर बस्दै आएकी वृद्धा विद्युतीय मोटर जोडेको धारामा पानी भर्न जाँदा करेन्ट लागी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि चपुर अस्पताल प्रालि ल्याइएको थियो ।

उपचारको क्रममा वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डीएसपी बिष्णुप्रदिप बस्यालले बताए । शव छोरा जोखन चौधरीले बुझेर लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *