वीरगन्ज :

तान्त्रिकको सल्लाहमा रामनवमीको विदाका दिन बालेनको सपथ

श्रेणी : समाचार

3 hours
Pradeep Sah
3.0kViews
1861 Shares

काठमाडौं,०७ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ।

पार्टी निकट स्रोतका अनुसार बालेनले चैत्र १३ गते रामनवमीको सार्वजनिक विदाका दिन प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका छन्। उनी आफैं पनि साइत हेर्ने गर्दछन् र यसपटक तान्त्रिकको सल्लाह अनुसार सपथको मिति र तयारी तय भएको जनाइएको छ।

स्रोतका अनुसार बालेन प्रायः कालो कपडा लगाउने गर्छन् र तान्त्रिकको सल्लाह अनुसार कालो टोपी र चश्मासहितको पोशाकमा सपथ लिन सक्ने सम्भावना रहेको छ। यसअघि विदाको दिन राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको सपथ सम्पन्न गराएको इतिहास नभए पनि यस पटक राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराउन सक्ने बताइएको छ।

स्रोतले तान्त्रिकको सल्लाह अनुसार बालेनले आफ्नो पोशाक, समय र अन्य तयारीमा ध्यान दिएको उल्लेख गरेको छ। प्रधानमन्त्रीको सपथका क्रममा बालेनको पोशाक र शैली कस्तो हुनेछ भन्ने अझै सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *