वीरगन्ज :

रुपेश पाण्डेविरुद्ध योजनाबद्ध प्रहार ? लोकप्रियता बढेपछि उम्मेदवारी रोक्ने प्रयासको आरोप

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1466 Shares

बीरगंज, १४ फागुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश पाण्डे विरुद्ध विभिन्न पक्षबाट दबाब र आलोचनाको प्रयास बढेको भन्दै एमाले नेताहरूले यसलाई योजनाबद्ध राजनीतिक प्रहारको रूपमा व्याख्या गरेका छन्।

स्थानीय तहमा पाण्डेको लोकप्रियता विस्तारै बढ्दै गएको र मतदातामा जितप्रति सकारात्मक धारणा बन्न थालेपछि विपक्षीहरू विभिन्न कानुनी प्रक्रिया र विवाद सिर्जना गरेर उम्मेदवारी नै रद्द गराउने प्रयासमा लागेको अनुमान गरिएको एमालेको दाबी छ।

यसअघि बैंक ऋण नतिरेको आरोपसहित कालोसूचीमा परेको भन्ने हल्ला फैलाइएको र त्यसपछि अदालतमा मुद्दा दायर गर्दै उम्मेदवारी खारेजीको माग उठाइनु लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको पाण्डेको भनाइ छ। उनले नागरिकलाई चुनाव लड्ने अधिकार सुनिश्चित गर्ने जिम्मेवारी कानूनको भएको उल्लेख गर्दै अनावश्यक भ्रम सिर्जना नगर्न आग्रह गरे।

एमाले पर्साका इन्चार्ज प्रभु हजरा ले समेत बैंक ऋणसम्बन्धी विषय निर्वाचन प्रक्रियासँग प्रत्यक्ष सरोकार नराख्ने बताउँदै त्यस्तो आधारमा उम्मेदवारी रोक्न खोज्नु लोकतन्त्रको मर्मविपरीत भएको टिप्पणी गरे। उनले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दलका उम्मेदवारविरुद्ध रिट दायर गर्नेहरूको नियतमाथि प्रश्न उठ्नु स्वाभाविक भएको प्रतिक्रिया दिए।

उम्मेदवार पाण्डेले बैंकको लेनदेन र निर्वाचन प्रक्रिया फरक विषय भएको उल्लेख गर्दै निर्वाचन आयोग नेपाल माथि दबाब सिर्जना गर्न खोजिएकोप्रति आश्चर्य व्यक्त गरे। उनले कानुनी रूपमा प्राप्त अधिकार प्रयोग गर्दै चुनावी प्रतिस्पर्धामा सहभागी हुने आफ्नो निर्णय कायम रहने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *