श्रेणी : BANNER
वीरगंज,०४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ को वडा स्तरीय भेला आज सम्पन्न भएको छ। भेलामा सहभागी नेताहरूले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी बनाउन एकजुट भएर जनसम्पर्क तीव्र पार्न आह्वान गरेका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, जिल्ला सचिव महेश दास, क्षेत्रीय संयोजक मनोज कुशवाह, वडा अध्यक्ष वैजु सुवर्णकार, खैरुदिन हवारी, महानगर उपाध्यक्ष लियाकत अली र नविदिन हवारीलगायत नेताहरूले सम्बोधन गर्दै संगठन सुदृढीकरण र मतदातासँगको संवादलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
भेलामा बोल्दै उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई विकासका मुख्य आधारका रूपमा अघि बढाउने स्पष्ट पारिन्। उनले स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयन गर्ने, जनताको आवाज संसदमा प्रभावकारी ढंगले उठाउने र क्षेत्रको दिगो विकासमा प्रतिबद्ध रहने धारणा व्यक्त गरिन्।
वडा कमिटीका सचिव प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण निरञ्जन मिश्रले गरेका थिए। कार्यक्रममा राजेशमान सिंहले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक अभ्यास सुदृढ गर्न यस्ता संगठनात्मक भेलाहरूको भूमिका महत्वपूर्ण रहने बताए।

प्रतिक्रिया