वीरगन्ज :

वीरगंज–१३ मा राजनीतिक तरंग: जसपा परित्याग गर्दै सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1988 Shares

वीरगंज, ३ फागुन। वीरगंज महानगरपालिका–१३ मा सम्पन्न एक विशेष राजनीतिक कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा) त्यागेर ठूलो संख्यामा नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मा आबद्ध भएका छन्।
कार्यक्रममा जसपा नेपालका सक्रिय युवा नेता भोला अंसारी, नबी रसूल अंसारी र मुन्ना अंसारीको नेतृत्वमा करिब एक सयको हाराहारीमा रहेका नेता–कार्यकर्ताहरू औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई आयोजित कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव तथा एमालेका केन्द्रीय नेताहरूले फुलमाला र गमछा लगाई स्वागत गरेका थिए।
सो अवसरमा उम्मेदवार यादवले मुलुकको विकास, सुशासन र ‘समृद्ध नेपाल’को साझा उद्देश्यप्रति विश्वास राख्दै युवाहरू एमालेमा आकर्षित भइरहेको बताए। उनले सचेत, ऊर्जाशील र परिवर्तन चाहने युवाहरूको सहभागिताले पार्टीको अभियानलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे।
सामूहिक एकता, निरन्तर मेहनत र दृढ प्रतिबद्धतामार्फत जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्दै राष्ट्र निर्माणको यात्रालाई अझ सशक्त बनाइने उनको भनाइ थियो।
यादव उम्मेदवार बनेयता विभिन्न राजनीतिक दल परित्याग गरी एमाले प्रवेश गर्ने क्रम तीव्र रूपमा बढिरहेको भन्दै एमाले नेताहरूले यसले पार्टी संगठन र उम्मेदवारको हैसियतलाई थप मजबुत बनाएको दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *