वीरगन्ज :

विकास र सुशासनको प्रतिबद्धतासहित हरपतगंजमा प्रदीप यादवको घरदैलो

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.7kViews
1125 Shares

वीरगंज, ३ फागुन। जनताको भरोसा, सहभागिता र प्रत्यक्ष सुझावलाई केन्द्रमा राख्दै प्रतिनिधिसभा निर्वाचनको अभियानलाई तीव्र बनाएका प्रदीप यादव ले आइतबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका पूर्वमन्त्री यादवले वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंजमा स्थानीय मतदाता र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू नजिकबाट बुझेका छन्।
घरदैलोका क्रममा उनले विकास निर्माणलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्वमार्फत जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। समावेशी विकासको अवधारणालाई अघि बढाउँदै सबै वर्ग र समुदायको सहभागितामा दीर्घकालीन समाधान खोज्ने उनको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले का केन्द्रीय नेताहरू, स्थानीय अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार यादवले वडा नम्बर २० का मतदाता र स्थानीय बासिन्दाबाट प्राप्त माया, सद्भाव र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्।
उनका अनुसार जनतासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत अघि बढ्ने अभियान नै निर्वाचन जित्ने मात्र नभई दीर्घकालीन विकासको बलियो आधार बन्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *