वीरगन्ज :

नेकपा (एमाले)को संगठन सुदृढीकरण अभियान : वीरगंज–३१ बेल्वामा वडा कमिटीको बैठक सम्पन्न

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.4kViews
1419 Shares

वीरगञ्ज, २ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रममार्फत उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता र सुझावबारे जानकारी लिएका हुन्।
मतदातासँगको संवादका क्रममा यादवले क्षेत्रको विकासलाई परिणाममुखी बनाउने प्रतिवद्धता दोहोर्याउँदै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी व्यवस्था तथा रोजगारीका अवसर विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। जनताको आवश्यकता अनुसार योजना निर्माण गरेर कार्यान्वयन गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो।
पूर्व सांसद तथा मन्त्रीको भूमिकामा रहँदा जिल्लामा सम्पन्न भएका विकास परियोजनाहरूको उल्लेख गर्दै उनले सडक स्तरोन्नति, सुरक्षित खानेपानी पहुँच विस्तार, शैक्षिक तथा स्वास्थ्य संस्थाको सुदृढीकरण र सामाजिक कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाइएको दाबी गरे। विगतका अनुभव र उपलब्धिले आगामी दिनमा थप दिगो र समावेशी विकास गर्न आधार तयार भएको उनले बताए।
उम्मेदवार यादवले पार्टीको चुनावी प्राथमिकताबारे पनि स्पष्ट पार्दै सुशासन प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा, स्थानीय स्तरमै रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा महिला र कमजोर समुदायको सशक्तीकरणलाई प्रमुख एजेन्डा बनाइएको जानकारी दिए।
उनले मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै जनताको साथ र विश्वासले आफूलाई अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे। “समृद्ध क्षेत्र निर्माण र नागरिकको जीवनस्तर सुधार हाम्रो मुख्य लक्ष्य हो, त्यसका लागि हामी निरन्तर जनतासँगै रहनेछौँ,” उनले भने।
घरदैलो अभियानमा एमालेका स्थानीय नेता–कार्यकर्तासहित युवाहरू र समर्थकहरूको सक्रिय सहभागिता देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *