वीरगन्ज :

पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायको बढ्दो समर्थन

श्रेणी : मधेस

4 hours
Pradeep Sah
2.0kViews
1957 Shares

वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा मुस्लिम समुदायले उनलाई स्वागत गर्दै आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता जनाइरहेका छन्।

जगरनाथपुर गाउँपालिका–१ र २ अन्तर्गत पर्ने पाँडेपुर र पिडारी क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मुस्लिम समुदायको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागी स्थानीयहरूले रिजालप्रति सकारात्मक धारणा व्यक्त गर्दै उनको नेतृत्वप्रति विश्वास रहेको बताएका छन्।

स्थानीय अगुवाहरूका अनुसार पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका रिजालको सरल व्यवहार, मिलनसार स्वभाव र सबै समुदायसँगको निकटताका कारण उनीप्रति भरोसा बढ्दै गएको हो। उनी समावेशी विकास र सबै समुदायको समान सहभागिताको पक्षमा रहेको उनीहरूको भनाइ छ।

घरदैलो अभियानका क्रममा रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। विभिन्न समुदायको सहभागितासँगै पर्सा–४ मा उनको चुनावी अभियान थप सक्रिय बन्दै गएको बताइएको छ।

स्थानीय स्तरमा बढ्दो समर्थनका कारण पर्सा–४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने आकलन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *