वीरगन्ज :

उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
2.0kViews
1897 Shares

काठमाडौं,२७ माघ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा नयाँ पार्टी उज्यालो नेपाल भएको दाबी गरेका छन्।

सोमबार पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारको घोषणा गर्दै आयोजित कार्यक्रममा घिसिङले भने, “जनताले विश्वास गरेको, माया गरेको पार्टी उज्यालो नेपाल हो। जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी विकल्प पनि यही हो। हाम्रो पार्टीले जनताको मागलाई समेट्दै नेपालको नयाँ विकल्पको रूपमा स्थापित हुनेछ।”

उनले उज्यालो नेपाललाई देशभरिका सबै नेपाली जनताले बुझ्न र आबद्ध हुन चाहेको पार्टी भएको उल्लेख गर्दै, “कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र राष्ट्रिय आवश्यकताका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य पनि गरिएको छ,” घिसिङले थपे।

पार्टीले आगामी निर्वाचनमा नयाँ विचार, युवापुस्ता केन्द्रित कार्यक्रम र जनअधिकारको संरक्षणमा जोड दिने र आफ्नो छवि “जनताको नयाँ विकल्प” का रूपमा स्थापित गर्ने रणनीति अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *