वीरगन्ज :

वीरगन्ज–८ मा एमालेप्रति आकर्षण बढ्दो, जसपाका नेतासहित सयौँ कार्यकर्ता पार्टीमा समाहित

श्रेणी : BANNER

3 days
Pradeep Sah
1.9kViews
1760 Shares

वीरगन्ज, माघ २४ — वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा नेकपा (एमाले)प्रति जनआकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि वडामा राजनीतिक तरंग सिर्जना भएको छ।
शनिबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अकबर हवारी, लक्ष्मण नेपालीलगायतको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।
नवप्रवेशी नेताहरूले देश विकास, सुशासन र समृद्ध नेपालको स्पष्ट दृष्टिकोणका कारण एमालेको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास बढेको बताएका छन्। उनीहरूले राष्ट्रिय स्थायित्व र आर्थिक समृद्धिका लागि एमाले नै सक्षम र भरोसायोग्य राजनीतिक शक्ति भएको धारणा व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले जनताको विश्वास जित्दै आएको पार्टीका रूपमा एमाले दिनानुदिन सशक्त बन्दै गएको उल्लेख गर्दै यस प्रवेशले वीरगन्ज–८ मा पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरे।
पार्टी नेतृत्वले नवप्रवेशीहरूलाई स्वागत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा अभियान सफल बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *