वीरगन्ज :

वडाध्यक्षसहित जनप्रतिनिधि एमालेमा प्रवेश, पर्सा–१ मा संगठनात्मक शक्ति तीव्र

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.8kViews
1064 Shares

वीरगन्ज, २४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा नेकपा एमालेको संगठन थप सशक्त बनेको छ। वडाध्यक्ष राधाकृष्ण रौनियारसहित जनप्रतिनिधि तथा नेताकार्यकर्ताहरू शनिबार औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्।
रौनियार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालसँग आबद्ध रहँदै आएका उनी विकास, सुशासन र स्थिर राजनीतिको एजेन्डासँग सहमत हुँदै एमालेमा प्रवेश गरेको बताइएको छ।
वडा नम्बर २१, परवानीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष रौनियारसँगै वडा सदस्यहरू बच्चा महतो, कृष्णा दासलगायत नेताकार्यकर्ताहरू एमालेमा समाहित भएका हुन्। नवप्रवेशीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अबिर–टीका लगाएर पार्टीमा स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले विकास, सुशासन र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा विश्वास गर्ने नेताकार्यकर्ताहरूको आगमनले पार्टी संगठनलाई अझ मजबुत बनाएको बताए। उनले पार्टीभित्रको एकता, सामूहिक प्रयास र स्पष्ट दृष्टिकोणमार्फत जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्दै राष्ट्र निर्माणको यात्रामा एमाले दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, नेता सुन्दर कुर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *