वीरगन्ज,०८ माघ । पर्सा–१ बाट लगातार दुई पटक विजयी सांसद प्रदीप यादव अब तेस्रो पटक विजयी बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।
२०७४ र २०७९ सालमा क्रमशः संघीय समाजवादी पार्टी र जसपा नेपालबाट विजयी भएका यादवले पर्सा–१ मा इतिहास रचेका छन्। यसपालि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्। यादवले आफ्नो कार्यकालमा खानेपानी समस्या समाधान, हैजा नियन्त्रण र कोरोना महामारीमा जनताको घरदैलोमा पुग्ने काम गरेको स्मरण गराए।
उनी यस निर्वाचनमा संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि एमाले रोजेको बताएका छन्। पर्सा–१ मा यादवसँगै नेपाली कांग्रेसका अनिल रुंगटा, रास्वपा हरि पन्त, जसपा नेपालका रामरेश प्रसाद यादव लगायत करिब ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया